नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका फेरिएन : महामन्त्री थापा

नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका फेरिएन : महामन्त्री थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको ब्यंग्य गरेका छन्।

सोमवार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा उनले यस्तो ब्यंग्य गरेका हुन्। उनले केही नेपाल ऐनलाई संशोधन गर्ने विषयमा विगत र अहिलको सरकारमा कुनै पनि भिन्नता नभएको आरोप लगाए। 

उनले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफूअनुकूल ऐन संशोधनको लागि प्रस्तावहरु आउन थालेको बताए। उनले केही वर्षदेखि नेपाल ऐन संशोधनमा विकृति बढ्दै गएको भन्दै बाहिर प्रश्न उठ्दै आएको पनि बताए।

‘नेपाल ऐन संशोधन लगातार केही वर्षदेखि विकृत हुँदै गयो र यसमा प्रश्न र विवेचना हुँदै आएको छ। हामीहरुको आसन फेरिएको छ तर तरिका फेरिएन‚’ महामन्त्री थापाले भने, ‘नेपाल ऐन संशोधन पछिल्लो समय जसलाई जे चाहिएको छ त्यही ठ्याक्क बदल्नु छ। एउटा कर्मचारीलाई निमित्त दिनको लागि निमित्त अनन्तकालसम्म राख्ने प्रस्ताव छ। कसैको उमेर ६५ वर्ष नागेको छ त्यसमा ७० बनाउने भनेर आएको छ।’

उनले विगतका समितिमा ऐन संशोधनको विषयमा सांसदहरुले सुन्नसमेत नपाएको तर ऐन पास भएको भन्दै आफू त्यसको भिक्टिम भएको बताए।

Recent Comments

No comments to show.