ढलान गर्ने तयारी गरिएको मोटरेबल पुल भत्कियो

ढलान गर्ने तयारी गरिएको मोटरेबल पुल भत्कियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ ।

ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ । स्थानीयले ठेकेदारको लापरवाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताए । पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन् ।

लापरवाहीका कारण यसअघि पनि भोजपुरकै दक्षिण क्षेत्र जोड्ने कावा खोलामा रु ५ करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मङ्सिरमा भत्किएको थियो । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो ।

Recent Comments

No comments to show.