काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरिएको छ ।
उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको जनाएको छ ।
उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ ।
शाखाबाट मंसिर १९ गतेमा उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न सूचना प्रकाशन गरिएको थियो । उक्त सूचनाको बुँदा नं. ५ (च) मा सन् २०२३ भित्र अन्य क्षेत्रतर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकहरुले उत्पादनमूलक क्षेत्रमा फर्म भर्न नपाउने भनिएको थियो ।
प्रतिक्रिया