पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी कर्मचारीको तलब भत्ता अपचलन गरेको अभियोगमा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई विशेष अदालतले दोषी ठहर गरेको छ।

शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरु, सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक सञ्जीव विशंखेलाई पनि दोषी ठहर गरेको हो।

भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ सालमा मुद्दा दायर गरेको थियो।

शाहले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा छँदा १०३ जना प्रहरी जवान र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवान (नयाँ भर्ना भएका) हरूको ३३ लाख ३८ हजार ८४ रुपैयाँ तलब भत्ता हिनामिना गरेको अभियोग लगाइएको थियो।  

२०७२ वैशाख २७ गते भर्ना भएका प्रहरी जवानले सोही वर्षको पुस २२ गते भरतपुरबाट तालिम सकाएका थिए। तालिम सकाएपछि उनीहरूको अन्यत्र सरुवा भएको थियो। तर शाहले उनीहरूको सरुवा भएपछि समेत माघ र फागुन महीनाको तलब भत्ता खर्चमा जनाएर भ्रष्टाचार गरेको पाइएको हो। यसका साथै शाहले १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको दुई दिनको तलब भत्ता अपचलन गरेको पनि पाइएको हो।

दोषी ठहर भएका शाह लेखक समेत हुन्। शाहले २०६३ सालमा प्रकाशित आफ्नो कथासंग्रह ‘छापामारको छोरो’का लागि मदन पुरस्कार प्राप्त गरेका थिए।

Recent Comments

No comments to show.