ओस्कार विजेता ‘प्यारासाइट’का अभिनेता मृत फेला, आत्महत्या गरेको आशंका

ओस्कार विजेता ‘प्यारासाइट’का अभिनेता मृत फेला, आत्महत्या गरेको आशंका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ओस्कार पुरस्कार जितेको दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’का अभिनेता ली सुन क्युन मृत भेटिएका छन्।

अभिनेता ली बुधवार राजधानी सियोलमा उनी मृत फेला परेका हुन्। ४८ वर्षीय ली पार्कमा रहेको आफ्नै कारभित्र मृत फेला परेका हुन्। उनले घरबाट निस्किने बेलामा छाडेको एउटा नोट उनकी पत्नीले भेटेको बताइएको छ।

नोट भेटेपछि उनकी पत्नीले प्रहरीलाई खबर गरेको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

सन् १९७५ मा जन्मिएका लीको अन्तिम संस्कार उनको परिवार र साथीहरुको उपस्थितिमा गरिएको योनहापले जनाएको छ।

लीले आत्महत्या गरेको आशंका स्थानीय प्रहरीले गरेको छ तर अहिलेसम्म पुष्टि भएको छैन। पछिल्ला केही महिनादेखि उनीमाथि अवैध लागुऔषध सेवन (लापसे) गरेको आरोपमा अनुसन्धान चलिरहेको थियो। लीले एउटा नाइट क्लबमा लापसे गरेको घटनामा अनुसन्धान भइरहेको थियो।

तर उनले भने आफूले जानाजान लापसे नगरेको बताएका थिए। उनले भनेका थिए, ‘मलाई त त्यो वस्तु निद्रा लगाउने औषधिको चक्की हो जस्तो लागेको थियो। मलाई थाहै थिएन कि त्यो लागुपदार्थ हो।‘

प्रहरीले लापसेबारे लीसँग ३ पटक बयान लिएको थियो। गएको शनिवार त उनी बयान लिने क्रममा १९ घण्टा प्रहरी हिरासतमा बस्नुपरेको थियो।

दक्षिण कोरियाली समाचार एजेन्सी​ योनहापका अनुसार उनले बयानका क्रममा बारकी एउटी होस्टेसले आफूलाई ब्ल्याकमेल गर्ने मनशायले झुक्याएर लागुपदार्थ खुवाएको बताएका थिए।

‘प्यारासाइट’ मा धनी परिवारको मुलीको चरित्रमा क्युनले गरेको अभिनयको सर्वत्र प्रशंशा भएको थियो। फिल्म ‘प्यारासाइट’ पनि सर्वश्रेष्ठ फिल्मको ओस्कार जित्ने पहिलो दक्षिण कोरियाली फिल्म हो।

बोङ जुन-होले निर्देशन गरेको कमेडी थ्रिलर जनराको ’प्यारासाइट’ सन् २०२० मा ओस्कारका ६ विधामा मनोनयन भएको थियो भने तीमध्ये सर्वश्रेष्ठ फिल्म‚ सर्वश्रेष्ठ निर्देशक‚ सर्वश्रेष्ठ स्किप्ट र सर्वश्रेष्ठ अन्तरराष्ट्रिय फिल्म गरि ४ पुरस्कार जितेको थियो। 

उनले सन् २०१२ मा निर्मित थ्रिलर ‘हेल्पलेस’‚ सन् २०१४ मा ‘अल अबाउट माई वाइफ’ र चर्चित सिरिज ‘माई मिस्टर’ का साथै साई-फाई थ्रिलर ‘डा ब्रेन’ लगायत उल्लेखनीय फिल्म तथा सिरिजमा अभिनय गरेका थिए। 

क्युनकी पत्नी जुन हाई-जिन पनि पुरस्कार विजेता विख्यात अभिनेत्री हुन्। लीका २ सन्तान छन्।

Recent Comments

No comments to show.