काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यलयले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ ।
एक सार्वजनिक सुचना जारी गरी पछिल्लो समयमा सम्पर्कबिहिन रहेका २१ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।
एकजना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ।
प्रतिक्रिया