वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा

वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन्।

मंगलबार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। शासन सत्ता फेरिए पनि शोषण, उत्पीडनका रुपहरु पुरानै रहेको उनको भनाइ थियो। 

उनले कम्युनिष्टहरु अहिले कांग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको आरोपसमेत लगाए। अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने उनको जिकिर थियो। उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेर गएको दाबी गरे। 

उनले भने, ‘संसदीय व्यवस्थाको चुनावप्रति नागरिकहरु असन्तुष्ट छन्। चक्र झैं ५/५ वर्षमा घुमेका छन्। हुने केही होइन। गर्ने त्यही हो। सत्तामा ओली जी बस्ने अर्का जीले पूरै विरोध गर्छन्। प्रचण्डजी प्रतिपक्ष भएर ओलीजी सत्तामा गयो भने फेरि ओलीजीलाई सत्तोसराप हाल्छन्।’

Recent Comments

No comments to show.