भाइबरमार्फत बसको टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने

भाइबरमार्फत बसको टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विश्वको अग्रणी सन्देशमूलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबटमार्फत नेपालको बस टिकेटिङ्ग सेवा प्रदायक बस सेवाबाट टिकट काट्दा सय जनालाई क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ ।

अफरमा नेपालका कुनै पनि गन्तव्यका बस टिकट काट्दा भाग्यशाली सय जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यो अफर पौष १६ गतेसम्म सञ्चालन हुनेछ । यो सँगै बस सेवाको कुनै पनि गन्तव्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबरमार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बस सेवा र भाइबरको बीचमा केही महिना अगाडि मात्र साझेदारी भएको थियो ।

अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने, ‘हामी विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ, मलाई विश्वास छ, आम यात्रुले यात्राका लागि थप सुविधा पाउनुहुनेछ । अबदेखि भाइबर मार्फत टिकट काट्दा थप सहजता हुनेछ । हामी नेपालको सार्वजनिक यातायातलाई थप सुविधायुक्त र विश्वसनीय बनाउन सफल हुनेछौँ ।’

यो अफरका विषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘भाइबरमा हामी हाम्रा प्रयोगकर्तालाई सम्झनायोग्य सुविधा दिँदा हामी हर्षित छौँ, बससेवासँगको सहकार्यमार्फत यो क्यासब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुनेछ।’ 

राकुटेन भाइबर विश्वको अग्रणी संचार संस्था हो, जसले विश्वका आम मानिसलाई जोड्ने काम गर्दछ । बस सेवा नेपालको एक मात्र बस टिकेटिङ्ग संस्था हो । जसबाट नेपालका कुनै पनि गन्तव्यमा अनलाइनमार्फत टिकट काट्न सकिन्छ । 

Recent Comments

No comments to show.