काठमाडौं । काठमाडौं प्रहरीले पठाओ र इनड्राइभरमा अफलाइन यात्रा जोखिमपूर्ण रहेकाले त्यसो नगर्न आग्रह गरेको छ ।
विगतमा घटेका केही आपराधिक घटनामा यस्ता सवारीको संलग्नता देखिएकाले सुरक्षा संवेदनशीलताका दृष्टिबाट जोखिमपूर्ण हुने भएकाले अफलाइन यात्रा नगर्न प्रहरीले आग्रह गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार मात्र अफलाइन पठाओ र इनड्राइभर चलाउने ४८ जना व्यक्ति र ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिइ आवश्यक कारबाही गरेको थियो । अफलाइन यात्रा गर्दा आपराधिक घटनाहरू घटेपछि त्यसलाई रोकथाम गर्न काठमाडौं प्रहरीले सक्रियता देखाएको हो ।
प्रतिक्रिया