घोराही शेयर बजारमा सबैभन्दा धेरै मूल्य हुने सिमेन्ट कम्पनी

घोराही शेयर बजारमा सबैभन्दा धेरै मूल्य हुने सिमेन्ट कम्पनी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । घोराही सिमेन्टले शेयर मूल्यका आधारमा शिवम् सिमेन्टलाई उछिनेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको घोराहीको आइतबार (११:२० बजे)सम्म शेयर मूल्य ६ प्रतिशत अर्थात् प्रतिकित्ता ३४ रुपैयाँले बढेर ६०९ रुपैयाँ पुग्दै शिवम् सिमेन्टलाई पछि पारेको हो ।

यससँगै घोराही शेयर बजारमा सबैभन्दा धेरै मूल्य हुने सिमेन्ट कम्पनी समेत बनेको छ । सोही समयमा शिवम्को प्रतिकित्ता ६०० रुपैयाँमा कारोबार भइरहेको छ । दुवै कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरे पनि लगानीकर्ता घोराहीतर्फ आकर्षित भएका छन् ।

घोराही यसै वर्ष प्रिमियम मूल्यमा आइपीओ जारी गरेर शेयर बजारमा प्रवेश गरेको कम्पनी हो भने शिवम ५ वर्ष अघि आएको कम्पनी हो।

Recent Comments

No comments to show.