काठमाडौं । रिडी पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ ।
गत पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।
कम्पनीले पुस २८ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया