कोरियन भाषा परीक्षामा पर्‍यो अहिलेसम्मकै धेरै आवेदन

कोरियन भाषा परीक्षामा पर्‍यो अहिलेसम्मकै धेरै आवेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरियन भाषा परीक्षा (इपीएस) को लागि अहिलेसम्म एक लाख २५ हजार जनाले आवेदन दिएका छन् ।

यो संख्या अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले जनाएको छ । पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकामा शुक्रबार राति १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था छ। तीन वर्षयता अनलाइनमार्फत् इपिसको फारम भर्न सकिने सुविधा उपलब्ध भएको हो।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिसकिएको छैन।

गत साउनमा भएको परीक्षामा अनुत्तीर्ण भएकाहरूले पनि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएकाले यो संख्या बढेको वैदेशिक रोजगार विभागका इपीएस शाखाले भनाइ छ ।

साउनमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि इपिएस परीक्षा भएको थियो। यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परिक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो।

त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णय विरूद्ध गएका थिए। अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यसपटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो।

Recent Comments

No comments to show.