ग्लोबल आइएमई बैंकले घर किन्न ९.९९ प्रतिशतमै ऋण दिने, १२ करोडसम्म पाइने

ग्लोबल आइएमई बैंकले घर किन्न ९.९९ प्रतिशतमै ऋण दिने, १२ करोडसम्म पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यस कर्जा योजना अन्तर्गत १२ करोड रुपैयाँसम्म ऋण पाइने छ । यस योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा कर्जा पाउने छन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरू पेश गरेको ३ कार्य दिन भित्र बिना झन्झट कर्जा प्रवाह गर्नेछ ।

साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका  ग्राहकले सहज रुपमा कर्जा सार्न सक्नेछन् ।

ग्राहकले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरूबाट यो सुविधा पाइने बैंकले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्रै लागू हुने बैंकले जनाएको छ ।

Recent Comments

No comments to show.