आज २०८० पुस ७ गते शनिवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज २०८० पुस ७ गते शनिवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस ७ गते | शनिवार, २३ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष एकादशी तिथि, ७ः५६ बजेपछि द्वादशी। भरणी नक्षत्र। चन्द्रराशि मेष।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

चन्द्रमा दाइने भएकाले दिन राम्रो छ। मन प्रशन्न रहने छ। भौतिक र आध्यात्म दुवैतर्फ ध्यान जानेछ। शिक्षा क्षेत्रमा सफलता मिल्ने देखिन्छ। प्रेम सम्बन्धमा भने खटपट हुनसक्छ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

तपाईंका व्यवहारिक क्षेत्र अब्बल छन्। वर र पिपलमा जल चढाएर काम थालेमा दीर्घकालसम्म त्यो काम प्रभावकारी हुन्छ। सबै क्षेत्र सबल भए पनि वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। पारिवारमा खुसी मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता रहने योग छ। व्यापार गर्दा फाइदा हुने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह थपिने छ। प्रेम सम्बन्धमा धोका हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। जुनसुकै काममा पनि परिवारको साथ मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दैनिकी सामान्य छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल भए पनि आर्थिक क्षेत्रमा झुक्याउने भेटिन सक्छन्। आर्थिक व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सोझो पनको लाभ अरुले उठाउने भएकाले चनाखो हुनुपर्ने देखिन्छ। पारिवारिक सम्बन्धमा कुरा काट्ने मान्छे बढ्ने छन्। स्वास्थ्य र शिक्षा क्षेत्रमा राम्रो छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन सामान्य राम्रो छ। आर्थिक र शैक्षिक क्षेत्र सबल देखिन्छन्। उन्नतिका लागि घरमा छलफल गर्नु महत्त्वपूर्ण हुन्छ। सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ। परिवारको सहयोग लिएर कामको सुरुवात गर्नु राम्रो हुन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। व्यवहार गर्न नजान्दा पारिवारिक मनमुटाव हुनेछ। व्यापार व्यवसायमा लगानी गर्नु अघि सचेत हुनुपर्ने देखिन्छ। दिन राम्रो नभएकाले काम गर्नु अगाडि सोच्नु राम्रो हुन्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन राम्रो छ। आर्थिक क्षेत्र सबल छ। नाम र दामको चर्चा हुने देखिन्छ। आज बोल्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ। आफ्नै बोलीका कारण पारिवारिक झमेला आइपर्ने हुनसक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दिन सामान्य छ। गुरुको गाली खानुपर्ने देखिन्छ। खर्च बढ्नसक्छ। आज यात्रा नगर्नु राम्रो हुन्छ। खानपानका कारण अरुले कुरा काट्नेछन्। परिवारबाट सहयोग मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। कुनै नराम्रो खबरले दु :खी बनाउने योग रहेको छ। काम गर्नुपर्दा परिवारबाट सहयोग मिल्नेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

तपाईंका लागि समय राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा चनाखो हुनुपर्ने देखिन्छ। दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ। प्रेममा सफलता मिल्नेछ। आर्थिक क्षेत्र सबल बन्ने योग छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.