राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ११ हुने निर्वाचनका लागि सात प्रदेशमा १-१ वटा मतदान स्थल र २-२ वटा मतदान केन्द्र तोकेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक ‘एफ’ प्राविधिक भवनलाई मतदान स्थल तोकिएको छ।

हेटौडा, मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन्। तोकिएका मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

मतदान केन्द्रको विवरण वेबसाइटमा समेत प्रकाशन गरिएको आयोगले जनाएको छ।

Recent Comments

No comments to show.