काठमाडौं । इन्फिनिटी लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
पुस ४ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । बैंकले आव २०७८/७९ मा पनि २० प्रतिशत तथा आव २०७७/७८ मा २९.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया