पशुपति विकास कोषबाट १०० बढी सल्लाहकार खारेज

पशुपति विकास कोषबाट १०० बढी सल्लाहकार खारेज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् ।

कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।

राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आउनेहरुको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।

Recent Comments

No comments to show.