नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले रामु पौडेललाई अध्यक्ष पदमा चयन गरेको छ । संस्थाको २३०औँ सञ्चालक समितिको बैठकबाट पौडेल सर्वसम्मत रूपमा चयन भएका हुन् । नवनियुक्त पौडेलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट शपथग्रहणसमेत लिएका छन् ।

राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तनपश्चात् नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्वसमेत परिवर्तन भएको बताइएको छ । नवनियुक्त पौडेलसँग केन्द्रीय बैंकका विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।  

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि छन् । एनसिएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाद्वारा प्रवद्र्धित कम्पनी हो । 

Recent Comments

No comments to show.