चीनमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

चीनमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। ​ भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। 

उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो। गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ। भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

उद्धार कार्य जारी रहेको छ।  केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।

Recent Comments

No comments to show.