विदेश जानेको संख्या घट्यो, एक लाख ३७ हजारले लिए श्रम स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ रहेको छ । 

यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । 

गत वर्षको यसै अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख ९६ हजार ७३५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८७ हजार ४२८ रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।