सुन तस्करीमा सघाएको आरोपमा विमानस्थलका तीन सरसफाइ कर्मचारी पक्राउ

सुन तस्करीमा सघाएको आरोपमा विमानस्थलका तीन सरसफाइ कर्मचारी पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा तीन सरसफाई कर्मचारी पक्राउ परेका छन्।

सुन तस्करी गिरोहसँग सम्पर्क देखिएपछि विमानस्थल भन्सार कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो। फोहोरमात्र तस्करीको सुन विमानस्थलबाट छिराउने गरेको अनुसन्धानबाट पुष्टि भएको हो।

एक साताअघि बरामद भएको १४ किलो सुन तस्करीमा सरसफाई कर्मचारी सुशीला पाण्डेसहित तीन जनाको संलग्नता देखिएपछि पक्राउ गरएको विामनसथल भन्सार कार्यालयका प्रमुख डा।टोकराज पाण्डेले बताए। उनका अनुसार हालसम्म यो मुद्दामा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।

गत २१ मंसिरमा भन्सारले १४ किलो सुनसहित दुबईबाट आएका चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनलाई सुन तस्करीमा लगाउने मीनबहादुर घले पनि भन्सारकै हिरासतमा छन्। 

Recent Comments

No comments to show.