सुनको मूल्य घट्यो, प्रतितोला कति ?

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । पछिल्ला दिन निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार र आज भने ओरालो लागेको हो ।

सुन आज तोलामा ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार तोलामा एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज तोलामा २० रुपैयाँले घटेर एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोछ ।

Recent Comments

No comments to show.