नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अवैधरूपमा नेपाली नागरिकलाई रुसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दिपेन परियार, सुभास लामा, क्षितिज गिरी, मनिष न्यौपाने, रोजल महर्जन, इश्वरी अधिकारी, हरि विश्वकर्मा, गोकर्ण अर्याल, सन्तोष रोक्का, सुजाता दाहाल, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन्।

उनीहरूलाई काठमाडौंका विभिन्न क्षेत्रबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले बताए। रुसमा रोजगारीको प्रलोभन देखाएर उनीहरूले मानव तस्करी गरेको प्रहरीको निष्कर्ष छ। 

प्रहरी स्रोतका अनुसार उनीहरूलाई भारतको नयाँ दिल्ली हुँदै रुस लगिएको थियो। सरकारले रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको यसअघि नै पुष्टि गरेको थियो। विदेशी सेनामा पठाउने नेपाल सरकारको नीति नरहेको भन्दै नेपाली नागरिकलाई सरकारले सचेतसमेत गराएको थियो।

Recent Comments

No comments to show.