कोरिया जाने तयारीमा हुनुहुन्छ ? खुल्यो भाषा परीक्षाका लागि आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको छ।

इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ।

ईपीएस भाषाा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको छ।

विभागले एक सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन आह्वान गरेको छ। परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने र भुक्तानी पनि अनलाइन नै गर्नुपर्ने सूचनामा जनाइएको छ। पढाइ र सुनाइ गरी दुवैको १००-१०० पूर्णाङ्कको भाषा परीक्षा हुने विभागले जनाएको छ।

हेर्नुहोस विस्तृतमा


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।