एनएसएलमा आज वीरगञ्ज एफसी र चितवन एफसी भिड्ने

एनएसएलमा आज वीरगञ्ज एफसी र चितवन एफसी भिड्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुने खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्।

वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २–१ ले पराजित भएको थियो।

चितवनको यो प्रतियोगितामा तेस्रो खेल हो। चितवनले पहिलो धनगढी एफसीसँग १–०  र दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो।

दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौँ स्थानमा छ। अंकविहीन वीरगञ्ज भने तालिकाको पुछारमा छ।

Recent Comments

No comments to show.