गुजरातमा नक्कली ‘सिरप’ खाँदा पाँचजनाको मृत्यु

गुजरातमा नक्कली ‘सिरप’ खाँदा पाँचजनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पश्चिमी भारतको गुजरात राज्यमा नक्कली सिरप (पेय पदार्थ) सेवन गर्दा दुई दिनमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने अन्य दुईजना अस्पताल भर्ना भएका छन्। 

प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो। प्रहरीका अनुसार सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको छ।

‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ’, वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई भने। एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा ‘मिथाइल अल्कोहल’ रहेको पुष्टि गरेको उनको दाबी छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार पसलले करिब ५० जनालाई नक्कली सिरप बेचेको थियो।

प्रहरीले अनुसन्धानका क्रममा पसलेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बिलोदरा गाउँको एउटा पसलमा सिरप सहजै बिक्री हुने गरेको पाइएको छ।

Recent Comments

No comments to show.