टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुँदै

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ ।

यस मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्ससंग साट्न सकिनेछ ।

कम्पनीका अनुसार यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ । मेला मंसिर १५ गतेदेखि १७ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथली र सल्लाघारी भक्तपुरमा आयोजना गर्न लागिएको छ ।

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेको कम्पनीले जनाएको छ ।

यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकले टाटा मोटर्स्को नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन, टेस्ट ड्राइभ तथा सट्टापट्टा गर्न सक्नेछन् ।

Recent Comments

No comments to show.