काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
गएको माघ २४ गते डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
डा. लोहनी नेपालमा स्वास्थ्य बीमा सुरु हुँदा कार्यकारी निर्देशक थिए । उनकै पहलमा २०७२ साल चैत २५ मा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको थियो । र, त्यसपछि उनकै अग्रसरतामा स्वास्थ्य बीमा ऐन मस्यौदा तयार भएको थियो।
तर, पछिल्लो समय बीमा कार्यक्रम भद्रगोल अवस्थामा छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्बनमा परेपछि बोर्डका सबै सदस्यहरूले राजीनामा दिएका छन् ।
प्रतिक्रिया