विवादास्पद् धर्मगुरु आचार्य श्रीनिवाससहित ८ जना विरुद्ध मुद्दा चलाइयो

विवादास्पद् धर्मगुरु आचार्य श्रीनिवाससहित ८ जना विरुद्ध मुद्दा चलाइयो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा पक्राउ परेका ८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। सोमबार पक्राउ परेका १८ जनामध्ये ८ जनाविरुद्ध मुद्दा चलाइएको हो।

८ जनामध्ये ५ जनालाई सार्वजनिक शान्ति विरुद्धको कसुर र ३ जनालाई अभद्र व्यवहारको मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

 पक्राउ परेका श्रीनिवास आचार्य, सुजन खड्का, मेहरमान बस्नेत, दिपेश खड्का र अनिल गुरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर र मनोज थापा, बिनन्जय थापा र निकेश बास्तोला विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको हो। राजतन्त्र पुनर्स्थापनाको माग दुर्गा प्रसाईं एक सातादेखि विभिन्न स्थानमा आन्दोलन गर्दै आएका छन्।

Recent Comments

No comments to show.