काठमाडौं महानगरभित्र सूर्तीजन्य पदार्थ बेच्न नपाइने, धूम्रपान पनि निषेध

काठमाडौं महानगरभित्र सूर्तीजन्य पदार्थ बेच्न नपाइने, धूम्रपान पनि निषेध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले  मंसिर २७ गतेदेखि  आफ्नो क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ। 

आज एक सूचनामार्फत महानगरको स्वास्थ्य विभागले अबको १५ दिनपछि लागु हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

यस्तै कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने समेत सूचनामा उल्लेख छ।  

सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था रहेको महानगरपालिकाले जनाएको छ। २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरु (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायत स्थलमा धुम्रपान, चुरोट, बिँडी, सिंगारू तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा) सूर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ। 

Recent Comments

No comments to show.