राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हाेः माधव नेपाल

राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हाेः माधव नेपाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्। मङ्गलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले सो कुरा बताएका हुन्।

‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन। सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो’, उनले भने।

अध्यक्ष नेपालले मेडिकल व्यवसायी दुर्गा प्रसाईँप्रति लक्षित गर्दै राजतन्त्र ल्याएपछि बैंकको ऋण मिनाहा हुन्छ भनेर आन्दोलन गर्नु व्यर्थ भएको बताए। राजावादीहरूको आन्दोलन उपलब्धिविहीन भएको उनको भनाइ छ। अध्यक्ष नेपालले देशको आर्थिक सङ्कट र सङ्घीयताको विषयमा भएका गल्ती कमजोरी भने सच्चाउनुपर्नेमा जोड दिए।

भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न रुकुम(पश्चिम र जाजरकोट पुगेका उनले पीडितको राहत र पुनः स्थापनाका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने पनि बताए।

Recent Comments

No comments to show.