काठमाण्डौ । राजधानीको गोंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वका अवसरमा सञ्चालन गरेको उपहार योजना सोमबार लक्की ड्र मार्फत सार्बजानिक गरेको छ ।
उपहार योजनाअन्तर्गत प्रथम उपहार १९७६३ कुपन भएका रसुवाका सन्तोष मोक्तानले मोटरसाइकल जित्न सफल भए ।
यसैगरी द्वितीय पुरस्कार ०४१९६ कुपन भएकी समिक्षा गौतमले ११३ सीसीको यामाहा स्कुटर जित्न सफल भइन् । यस्तै तेस्रो पुरस्कार ००७७२ कुपन नम्बर भएका उजल राईले ३२ इन्चको एइडी टिभी जित्न सफल भए । चौथो पुरस्कार ०३४३४ कुपन नम्बर भएका महेन्द्रप्रसाद जैशीले १८५ लीटरको फ्रिज जित्न सफल भए र पाँचौँ तथा सान्वना पुरस्कार ०४५८२ कुपन नम्बर भएका नविन पौडेलले पाँचौँ डिसहोम फाइवर नेट जित्न सफल भए ।
कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले दशैँतिहारमा सञ्चालित उपहार योजना कार्यक्रम उत्साहजनक ढंगबाट सम्पन्न भएको बताए।
मलले २०६४ सालदेखि नै बडादशैँ, शुभदिपावली तथा छठ पर्वको अवसरमा उपहार योजना निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको बताउँदै महाप्रबन्धक निरौलाले आगामी वर्षपनि सबैको साथ र सहयोगमा उपहार योजनालाई निरन्तरता दिने उल्लेख गर्नुभयो । उहाँले कान्तिपुर मलमा आएर सस्तो, सुलभ मूल्यमा गुणस्तरीय सामान खरीद गर्नसमेत ग्राहकलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया