नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्ने

नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आजबाट दोस्रो चरणको खेल हुँदैछ । आज साविक विजेता काठमाडौँ रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुने खेलमा आज काठमाडौँ लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा एफसी चितवन पहिलो जितको खोजीमा हुनेछ ।

काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो भने चितवन पोखरा थन्डर्ससँग पराजित भएको थियो ।

जारी लिगमा काठमाडौँले एक खेलबाट ३ अङ्क जोडेको छ भने चितवन अंकविहीन छ । 

Recent Comments

No comments to show.