विदुर । नुवाकोट उद्योग बाणिज्य संघले यस वर्ष पनि नुवाकोट महोत्सवको आयोजना गर्ने भएको छ । संघले आज सोमबार विदुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ २६ गतेखि फागुन ७ गतेसम्म महोत्सवको आयोजना गर्ने जानकारी गराएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले महोत्सव आयोजना गर्नका लागि मुल समारोह समितिदेखि अन्य उपसमितिहरु गठन गरिएको जानकारी दिनुभयो ।
विदुर नगरपालिका वडा नं ४ बट्टारमा आयोजना गरिने महोत्सव सफल बनाउनका लागि मुल समितिसहित ३० वटा उपसमिति समेत गठन गरिएको छ । महोत्सव सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिइसकिएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले महोत्सवको प्रवद्धकमा विदुर नगरपालिका, उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश रहेको छ।
यस्तै महोत्सवमा २५० स्टर रहने र त्यसको व्यवस्थापनका लागि बाल उद्यान, वाउण्ड्ी तथा स्टल निर्माणको लागि बंगालामुखी नेपाल यम्युजमेन्ट प्रालि लाई दिइएको पनि पत्रकार सम्मेलनका जानकारी दिइएको छ । यस्तै महोत्सवमा प्रदेश सरकारद्धारा प्रमाणित वृद्ध, अपाड्गता भएका, असहाय व्यक्तिहरुलाई पूर्णरुपमा निःशुल्क गरिएको छ । यस्तै नुवाकोट उद्योग बाणिज्य संघको सदस्यता लिएर माघ २० गतेसम्म नविकरण गरेका सदस्यहरुलाई पनि निःशुल्क पासको व्यवस्था मिलाइएको छ । यस्तै अध्यक्ष श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय मुल समिति गठन गरिएको छ भने महासंघका पूर्व अध्यक्ष ताराबहादुर कार्कीको संयोजकत्वमा केन्द्रीय समन्वय समिति गठन गरिएको छ ।
यस्तै सल्लाहकार समितिमा धननारायण चित्रकार,अनुगमन तथा समन्वय समितिमा शरण उत्सुक सापकोटा,जिल्ला बाहिरका कलाकार संयोजन समितिमा सन्तोष उप्रेती,कृषि प्रदर्शनी व्यवस्थापन समितिको संयोजकमा निदेश श्रेष्ठ,स्टल व्यवस्थापनको संयोजकमा सविन राजभण्डारी,सचिवालय व्यवस्थापन तथा प्रचार प्रसार समितिमा उपेन्द्र बुढाथोकी,बाल उद्यान व्यवस्थापन समितिमा मदुसुधन थपलीया,प्रायोजक प्रवद्धक व्यवस्थापन समितिमा मेघनाथ घिमिरे,स्टल सुरक्षामा सुमन भण्डारी,मञ्च सजावटमा ज्ञानुमाया गिरी,व्याज वितरणमा नानु गुरुड.,महिला उद्यमी व्यवस्थापनमा सुजना खतिवडा,टिकट व्यवस्थापनमा पुरुषोत्तम कार्की,स्मारिका प्रकाशनमा राजकुमार आचार्य रहनु भएको छ । यस्तै अन्य उपसमिति मार्फत पनि महोत्सवलाई थप व्यवस्थित बनाउने संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सदस्य ताराबहादुर कार्की, वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, पूर्व अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी तथा सदस्य एवं व्यवसायीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया