सुनको भाउमा ऐतिहासिक रेकर्ड, प्रतितोला एक लाख १७ हजार

सुनको भाउमा ऐतिहासिक रेकर्ड, प्रतितोला एक लाख १७ हजार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विवाहको सिजनको बेला मै सुनको मूल्य हालसम्मकै उच्च हो। आज छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ ।

नेपालीमा बजारमा छापावाला सुन १ लाख १७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.