काठमाडौँ । सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न ५ जना शनिबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका ४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन् ।
सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा गत कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई आआफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई मोरङ जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।
प्रतिक्रिया