२ हवलदारसहित २६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

२ हवलदारसहित २६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवान एक महिनाभन्दा  बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जानकारी दिएको छ।

पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।

Recent Comments

No comments to show.