आज २०८० मंसिर १० गते आइतवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज २०८० मंसिर १० गते आइतवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० मंसिर १० गते, आइतवार, २६ नाेभेम्बर २०२३। कार्तिक शुक्लपक्ष चतुर्दशी तिथि, १५ः२० बजेपछि पूर्णिमा। भरणी नक्षत्र, १४ः२३ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, २०ः१६ बजेपछि वृष।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

नजिकको साथीसँग नयाँ कार्यको योजना बन्नेछ । कार्य सफल हुनेछ। जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला। सम्मान पाइनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिन राम्रो छ । धन लाभ हुनेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। आज दक्षिणतिरको यात्रा नगर्नुहोला। शिक्षाको क्षेत्रमा भने राम्रो छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोलीको प्रभाव बढ्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। प्रेममा सफलता मिल्नेछ। कुरा काट्नेहरु बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन सामान्य छ। शत्रु नाश हुनेछ। राजनीतिमा असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए नजिता राम्रो मिल्नेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। अन्य क्षेत्र भने सामान्य रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानीसँगै खर्च पनि बढ्नेछ। परिवारबाट सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट नतिजा पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक सहयोग मिल्नेछ। बोल्दा विचार गर्नुहोला। निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला। राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन सामान्य छ। प्रभाव बढ्नेछ। अरुको भर नपर्नुहोला। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान गणेशको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ। प्रेममा भने धोका मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

काममा सफलता मिल्नेछ। नयाँ योजनामा हात हाल्दा फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कर्मभूमिमा डटेर अघि बढ्नुपर्नेछ। नराजनीति, सामाजिक, वैदेशिक, आर्थिक क्षेत्रहरु यथास्थितिमा छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज थालेका कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा रहेको समस्या हट्नेछ। पठनपाठनमा जोश बढ्नेछ। यात्रा सफल हुनेछ । प्रेममा उत्साह देखिन्छ भने शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.