पप्पु गुरुङ्ग, दोधारा । लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान. अन्तर्गत माईती नेपाल कञ्चनपुरले कञ्चनपुरको सिमा नाका गड्डाचौकीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान– २०८० को अवसरमा कञ्चनपुरको सिमा नाका गड्डाचौकीमा सचेतचनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
लैगिंक हिंसा अन्त्यको सुनिश्चता महिला र बालबालिकामा लगानीको एक्कबद्धता तथा हिंसा नगरौं, हिंसान सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं नारा सहित माईती नेपाल कञ्चनपुरको आयोजना र नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानियबासी तथा बिभिन्न संघ–संस्थाको समन्वयमा नेपाल–भारत सिमा नाका गड्डाचौकीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा माईती नेपालका टोली, प्रहरी अधिकृत तथा जवानहरु, स्थानिय नागरिक, शिक्षक, बिद्यार्थी, बिभिन्न सामाजिक क्षेत्रमा आबद्ध पदाधिकारीहरु लगाएको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा सिमा नाकामा आवतजावत गर्नेहरुलाई लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको बारेमा जानकारी गराउदै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सचेतना गराईएको संयोजक भट्टले बताएका छन् ।
नेपालमा लैङ्गिक हिंसाका कारण र मानब बेचबिखनको अवस्था र पीडितको उद्दार र पुनस्थापनामा माईती नेपालको भुमिका बारे माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी गराएका थिए । महिला र पुरुष बिचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न र १६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आ–आफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने धारणा माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले ब्यक्त गरेका छन् ।
हिंसा अन्त्य गर्न तथा आजबाट शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पार्न सवैमा उनले आग्रह गरेका छन् । नागरिकलाई लैङ्गिक हिंसा, सो सम्बन्धी कानुनी व्यबस्था तथा उजुरी गर्ने निकायहरु सम्बन्धी जानकारी हासिल भई त्यस्ता हिंसा समयमानै रोकथाम गर्ने साथै आवज उठाउने सक्रिय विधि थाहा पाएको भन्दै सचेतनामुलक कार्यक्रममा सहभागीहरुले खुशी ब्यक्त गरेका छन् ।
माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा बिगत लामो समय गर्दै आएको कार्य प्रति कार्यक्रममा सहभागीहरुले खुलेरै प्रशंसा गरेका थिए ।
प्रतिक्रिया