नेपाल सुपर लिगमा : आज दुई खेल हुँदै

नेपाल सुपर लिगमा : आज दुई खेल हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्तर्गत शनिबार दुई खेल हुँदैछ। 

पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवनबीच हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ। 

यसअघि उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स विजयी भएको छ। ​​त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा साँझ काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले पराजित गरेको हो।

राजीव लोप्चनले गरेको एक गोल नै काठमाडौंका लागि निर्णायक सावित भयो । राजीवले खेलको ५१औँ मिनेटमा गोल गरे । 

पुस १४ गतेसम्म चल्ने प्रतियोगितामानौ टोलीको सहभागिता छ। काठमाडौं रेजर्ससहित ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन्। त्यस्तै झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डी मेची सहभागी छन्।

सबै टोली लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन् । प्रतियोगिताको विजेताले  ७० लाख रुपैयाँ पाउने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।

Recent Comments

No comments to show.