जीवित श्रीमानकाे मृत्यु भएको भन्दै एकल भत्ता खाएपछि…

जीवित श्रीमानकाे मृत्यु भएको भन्दै एकल भत्ता खाएपछि…

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्ला मन्थली नगरपालिका-३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सार्वजनिक सम्पति हिनामिना गरेको आरोपमा तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

आफू जीवितै हुँदै आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र बनाएर आफ्नो श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी अख्तियारमा परेको थियो । उक्त उजुरीपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो । उनीहरूले एकल भत्ताबापत ४५ हजार २२० हिनामिना गरेको पाइएको छ । 

महत्तोले निर्मला खत्रीको मिलेमतोमा जीवित श्रीमान्को मृत्यु भएको भन्दै मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको छ । 

Recent Comments

No comments to show.