काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियानको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईंले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन् ।
अधिवक्ता सुरेन्द्र पौडेलले प्रसाईंको पक्षबाट मुद्दा दायर गरेका हुन् ।
प्रसाईं नेतृत्व समूहले राजतन्त्र फर्काउने, बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै बिहीवार विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।
प्रतिक्रिया