एक महिनामा साढे ४३ हजारले लिए श्रम स्वीकृति, उच्चदक्ष ५१ जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशमै प्रयाप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि एक महिनामै ४३ हजारले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार, कात्तिकमा ३८ हजार ३२२ पुरुष र ५ हजार ३ सय जना महिला गरी कुल ४३ हजार ६२२ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सीप नभएका कामदारहरुको संख्या रहेको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा उच्चदक्ष कामदारको संख्या ५१,पेशागत कामदारको संख्या ८६, अर्धदक्ष कामदारको संख्या ४ हजार १८४ सीपयुक्त कामदारको संख्या ३० हजार ८३२ र सीप नभएका कामदारहरुको संख्या ८ हजार ४६९ रहेको तथ्याङकमा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।