भोलिको सुरक्षा प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह

भोलिको सुरक्षा प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा राजधानीमा छु्ट्टाछुट्टै प्रदर्शन हुने भएपनि आयोगले यस्तो आग्रह गरेको हो ।  

प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै आयोगले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक सूचना र सामाचारप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मानव अधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने पनि स्पष्ट गरेको छ ।

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भएपनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीहरुकै प्राथमिक दायित्व हुने पनि आयोगले स्मरण गराएको छ ।

Recent Comments

No comments to show.