काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंग्याउन सबैको सहयोग आवश्यक रहेको बताएकी छन ।
राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शंखधर उद्यान केन्द्रमा आयोजना गरेको कार्यक्रममा उनले पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुंगिसक्ने दाबी गरिन्।
मन्त्री शर्माले परिवर्तनका लागि लड्ने नेताका रूपमा शंखधर साख्वाःलाई आफूले चिनेको र देशमा संघीयता आउनु पनि शंखधरले देखेको सपना रहेको बताइन् ।
मन्त्री शर्माले सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवत्लाई उल्लेख गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिइन् । मन्त्री शर्माले भनिन्, ‘बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचानका लगि गणतन्त्र आवश्यक छ ।’
प्रतिक्रिया