सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५७३ कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५७३ कित्ता संस्थापक सेयर बिक्रीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ४९ हजार ५७३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

बैंकले संस्थापक सेयरधनी प्रदिप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५६३ र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ९५ हजार १० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको र उक्त सेयर बिक्री नभएकोले पुनः इच्छुक व्यक्ति, कम्पनी वा संस्थालाई सेयर बिक्री गरिने सूचनामा उल्लेख छ ।

इच्छुक लगानीकर्ताले आज ( मंसिर ६ गतेदेखि ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाण्डौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्ने सूचनामा उल्लेख छ । सेयरको बिक्री मूल्य क्रेता र बिक्रेताको सहमतीअनुसार हुनेछ।

Recent Comments

No comments to show.