काठमाडौं । हाल देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
विभागले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
आज सूर्योदय ६ बजेर ३० मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।
प्रतिक्रिया