सलमान खानले तोडे आफ्नै रेकर्ड

सलमान खानले तोडे आफ्नै रेकर्ड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ ले पहिलो सातामा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको छ।

उनले आफ्नै फिल्म ‘सुल्तान’ को रेकर्ड तोड्दै उक्त रेकर्ड राखेका हुन्। विश्वकप क्रिकेटका कारण दबाबमा परेको ‘टाइगर ३’ ले दोस्रो सप्ताहन्तसम्म विश्वव्यापी ३६८ करोड भारु कमाएको छ । ‘टाइगर ३’ ले पहिलो साता २२० करोड २५ लाख भारू कमाएको छ भने ‘सुल्तान’ २०८ करोड ८२ लाख भारू कमाएको थियो।

पहिलो साता २०६ करोड ४ लाख कमाइ गरेको फिल्म ‘टाइगर जिन्दा है’ तेस्रो नम्बरमा छ। पहिलो साता १८४ करोड ६२ लाख भारू कमाएको फिल्म ‘बजरंगी भाइजान’ चौथो नम्बरमा छ भने १६७ करोड ६ लाख कमाएको फिल्म ‘भारत’ पाँचौं नम्बरमा छ।

Recent Comments

No comments to show.