बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बझाङको धमेना केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्प पछि फेरी परकम्प गएको जानकारी दिए । ‘धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको हो’, अधिकारीले भने, ‘बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ ।’

गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता धेरै  पटक परकम्प गएको केन्द्रले जनाएको छ ।

Recent Comments

No comments to show.