काठमाडौँ । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकाललाई दिइएको छ ।
कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत श्रीचन्द भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीइओको जिम्मेवारी ढकाललाई दिएको हो । उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।
ढकाललाई मंसिर ४ गतेदेखि लागु हुने गरी कामु सीइओ नियुक्त गरेको हो ।
प्रतिक्रिया